January 14, 2025
- ADVERTISEMENT -

माओवादीको निर्णय – ०८४ को निर्वाचनमा एक्लै लड्ने

July 30, 2024

काठमाडौं / नेकपा माओवादी केन्द्रले आगामी ०८४ सालमा हुने निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ ।

शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार, बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् ।

यस्तै, बैठक यही साउन २५ गते स्थायी समिति बैठक आह्वान गर्ने निर्णय पनि गरेको उनले बताए ।

माओवादी पदाधिकारी बैठक पाँच दिनसम्म संचालन भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -