September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

केरलाको बाढीपहिरोमा १२३ को मृत्यु, १३१ जना घाइते

July 31, 2024
Photo : Google

केरला / भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षाका कारण बाढी पहिरो गएको छ । बाढी पहिरोमा परी मृत्य हुनेको संख्या १२३ पुगेको बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

९० जना हराइरहेको छ भने १३१ जना घाइतेको उपचार जारी रहेको बताइएको छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २–३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।

अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।

यद्यपि आपदा मोचन बलको टोली डोरीको सहायताले मुण्डाक्कईमा पुगेर एकै स्थानबाट ३० भन्दा बढी शवहरु संकलन गरेको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।