September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना – महाशाखा

August 2, 2024
File photo.

काठमाडौं / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

आज (शुक्रबार) बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

साथै मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।