२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

मोसा दुर्घटनामा एकको मृत्यु, २ जना गम्भीर घाइते

प्रकाशित मिति : २०८१ श्रावण १९ गते
Sketch

इलाम / मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवका अनुसार तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक माई नगरपालिका(१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -