मकवानपुर / काठमाडौं–सिस्नेरी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा परेर घाइते भएकाहरुको पहिचान खुलेको छ ।
मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितका अनुसार काठमाडौंबाट बिरगन्जतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्वरको सुमो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका १० जनाको पहिचान खुलेको हो ।
- ADVERTISEMENT -
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरी निरीक्षक पण्डितले बताए ।
प्रहरीका अनुसार सुमो दुर्घटनामा परेर घाइते भएकाहरु पर्साको बिरगञ्ज महानगरपालिका घर भई हाल ललितपुर बल्खु बस्ने बर्ष ३३ को जाकिर मिया तेली (सुमो चालक), भारत घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका नेपालटार बस्ने बर्ष ४० को सन्तोष रन्जन, देश भारत घर भई हाल काठमाडौं बस्ने वर्ष ६१ को सतेन साह, देश भारत घर भई हाल काठमाडौं बस्ने वर्ष २० को अफरोज आलम, बाराको आदर्श कोतुवाला गाउँपालिका–७ को औसान अन्सारी, भारत घर भई हाल काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने वर्ष ५० को सोभरती अन्सारीरहेका छन् ।
यस्तै, भारत घर भई काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने बस्ने वर्ष ३० को सुनिल राम, भारत घर भई काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने वर्ष ३५ को प्रदिप राम, भारत बस्ने काठमाडौं–१४, कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने वर्ष ४४ को मोहमद मुस्लिम र भारत घर भई काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने बर्ष २४ को अनिल राम हुन् ।