चितवन / नारायणी नदी किनारमा ‘मर्निङवाक’मा रहेका एक व्यक्तिलाई आज (आइतबार) बिहान करिब साढे ५ बजे बाघले आक्रमण गरेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको हो ।
- ADVERTISEMENT -
बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु खटिएका छन् ।