२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

चितवनका तमूस्योहरू बोल्ने कलाप्रति अग्रसर हुँदै

एकै ठाउँबाट सय जनालाई तालिम दिइयो
प्रकाशित मिति : २०८१ श्रावण २३ गते

चितवन / चितवनका गुरूङ महिलाहरूले बोल्ने कलाको विकासमा चासो देखाएका छन्। तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति चितवन र तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् भरतपुर महानगर समितिले संयुक्तरूपमा आयोजना गरेको एक हप्ते उद्घोषणकला तथा नेतृत्व विकास तालिमको उपस्थितिले पनि गुरूङ महिलाहरूमा बोल्ने कलाप्रतिको चासो बढी भएको देखिएको हो।

साउन १४ गतेदेखि सुरू भएको उक्त तालिममा करिब एक सय जनाभन्दा बढीको उपस्थिति थियो। तालिममा करिब ९० प्रतिशत महिलाको उपस्थिति थियो। कम्तिमा सानोतिनो कार्यक्रममा बोल्न सक्ने क्षमता विकासका लागि तालिममा आएको दीपेन्द्रनगर तमू आमा समूहकी अध्यक्ष आइतुमाया गुरूङले बताइन्। छोटो समयको तालिमबाट पनि धेरै कुराको ज्ञान प्राप्त भएको उनले बताइन्।

- ADVERTISEMENT -

Advertisement

भरतपुर–२ मिल्स एरियाकी आशमाया गुरूङले लामो समयदेखि तालिम लिने इच्छा पूरा गरेको बताइन् । उमेरले छ दशक नाघिसकेकी उनले तालिम लिएपछि कार्यक्रम सञ्चालनमात्र नभई मन्तव्य दिनसमेत हिम्मत आएको बताइन्। ‘तालिमले आत्मविश्वास बढाएको छ,’ उनले भनिन्, ‘माइक्रोफोन देखेरै तर्सिने बानीलाई कम्तिमा हटाउन सफल भएको छु।’

जिल्लाभरका तमूस्योहरूलाई नेतृत्वमा बस्दा पनि आफ्ना कुरा निर्धक्क साख्न नसक्ने समस्या देखिएको हुँदा तालिम आयोजना गरिएको आयोजक संस्थाको भरतपुर महानगर समितिकी अध्यक्ष मञ्जु गुरूङले बताइन्। कार्यक्रममा स्वागत दिँदै उनले भनिन्, ‘तालिमबाट महिलाहरूको क्षमता विकासमा पक्कै पनि टेवा पुगेको छ।’

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमकी प्रमुख अतिथि, तमू ह्युल छोँज धीँका सल्लाहकार एवम् सामाजिक व्यक्तित्व शारदा गुरूङले सिकाइको पहिलो चरण सकिए पनि व्यक्तिको क्षमता निखार्ने पक्ष भने बल्ल सुरू भएको बताइन्। आगामी दिनमा त्यसलाई कार्यान्वयनमा ल्याउन सके थप निखारता आउने उनको भनाइ छ। ‘सिक्ने कुरा कहिले पनि सकिँदैन रहेछ,’ उनले भनिन्, ‘तर निखारता ल्याउने कुरा आफैँमा भर पर्ने विषय हो।’

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको आयोजक संस्था तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवनकी अध्यक्ष शकुन्तला गुरूङले जानकारी दिइन्। संस्थाले पहिलोपटक यति ठूलो कार्यक्रम आयोजना गरेको बताउँदै उनले भनिन्, ‘पहिलोपटक आयोजना गरेको कार्यक्रम राम्रोसँग सफल भएको महसुस गरेकी छु।’

प्रशिक्षार्थीहरूबाट भने तालिमको लागि समय कम भएको प्रतिकृया आएको थियो। ठूलो समूहमा एकसाथ तालिम लिँदा बोल्ने मौका कम पाएको हुँदा आगामी दिनमा प्रशिक्षार्थी सङ्ख्या र प्रशिक्षणको समयमाथि बिचार गरिदिन आग्रह गरेका थिए। महाबौद्ध गुम्बा परिसरमा भएको तालिमको औपचारिक समापन गर्दै सोमबार प्रशिक्षार्थी तथा सहयोगी दाताहरूलाई प्रमाणपत्र तथा प्रशंसापत्रसमेत वितरण गरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73