चितवन / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर ११, चितवन वडा कमिटीको अधिवेशनबाट पुन प्रकाश देवकोटा निर्वाचित भएका छन् ।
जसको उपाध्यक्षमा हरिप्रसाद भट्ट , सचिवमा रामप्रसाद पराजुली, कोषाध्यक्षमा धन माया थापा र सह सचिवमा मैया मालबुल नेपाली ,अमोध सुवेदी र चाँदनी कार्की लगायत २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
- ADVERTISEMENT -
वडा अधिवेशनको ने.क.पा.(माओवादी केन्द्र) की केन्द्रिय सदस्य रेनु दाहाल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी दाहालले नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हरि खाती नेतृत्वको टिमलाई स्वागत समेत गरेकी हुन् ।
सो अवसरमा बोल्दै मेयर दाहालले माओवादीले नेतृत्व गरेको भरतपुर महानगरको स्थानीय तहलाई नमुना बनाएको बताइन् । उनले विकास र समृद्धिका लागि भरतपुरका जनताको साथलाई आफू गम्भीरता पूर्वक लिएर नयाँ फड्को मार्न सफल भएको जिकिर गरिन् ।
कार्यक्रममा माओवादी केन्द्र चितवनका जिल्ला ईन्चार्ज घनश्याम दाहाल, जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी (आरसी), जिल्ला सचिव द्रोणबाबु शिवाकोटी, केन्द्रीय सदस्य एवंम् भरतपुर महानगर ईन्चार्ज निशा न्यौपाने सहितका नेताहरु माओवादी अब फेरि जनताको घरघरमा पुगेर नयाँ अभियान सुरु गरेको बताए ।