धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिँदैछन् ।
नेकपा एमाले, नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
- ADVERTISEMENT -
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिटको आवश्यकता पर्दछ ।
सो प्रदेशमा कांग्रेसका १८, माओवादी र एमालेका ११–११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद रहेका छन् ।