२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

आज प्रतिनिधि सभा बैठक बस्ने, यस्तो छ कार्यसूची

प्रकाशित मिति : २०८१ श्रावण ३० गते
Photo : Google
- ADVERTISEMENT -

काठमाडौं / संघीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्ने गरी आह्वान गरेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

यसैगरी, उक्त बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

- ADVERTISEMENT -