काठमाडौं / युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’
- ADVERTISEMENT -
ट्वीटर (हाल एक्स) मा राष्ट्रपति जेलेन्स्कीले फोटो र भिडियोहरु पनि पोष्ट गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिन्छ । सो भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा लिइएको बताएका छन् । यसबाट युक्रेनी सेनालाई रुसी सेनाको नियन्त्रणबाट मुक्त गराउन सकिने उनले विश्वास पनि व्यक्त गरेका छन् ।
यद्यपि युक्रेनी सेनाले रुसको भूमि कति कब्जा गर्यो भन्ने अझै एकिन हुन नसकेको बीबीसीले जनाएको छ ।
दुई दिन अघि रुसले युक्रेनी सेना आफ्नो भूमि कुर्स्क प्रान्तमा घुसेको स्वीकार गरेको थियो । हाल रुसका केही बस्तीहरुमा युक्रेनले कब्जा गर्न सफल भएको बीबीसीले जनाएको छ ।