काठमाडौं / ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले हाँसिल गरेकी छन् ।
नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले शनिबार सम्पन्न ग्राण्ड फिनालेमा उपाधि हाँसिल गरेकी हुन् ।
- ADVERTISEMENT -
यो जितसँगै तामाङले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।
दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गरी उपाधि जित्न सफल भएकी हुन् । उनी कोच प्रमोद खरेलको टिम थिइन् ।
विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले स्रयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।