काठमाडौं / रोजगारको लागि युरोप जाने नेपालीको संख्या बढ्दो छ । पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि ५० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देशमा गएका छन् ।
आर्थिक वर्ष २०८०–०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
- ADVERTISEMENT -
विभागका अनुसार युरोपियन युनियनमा आबद्ध २८ वटै देशमा नेपालीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् ।
क्रोएसिया, साईप्रस, माल्टा र रोमानियामा संस्थागत (मेनपावरमार्फत) समेत गएका छन् । ती बाहेकका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् ।
विशेषगरी युरोपका क्रोएसिया, साईप्रस, माल्टा, पोल्याण्ड, रोमानिया लगायतका देशमा भने नेपालीहरूको आकर्षण निकै बढी रहेको जनाइएको छ ।