२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा एक महिनामा ४१३ जनालाई डेंगु पुष्टि

इच्छाकामनामा सबैभन्दा बढी १८२ सङ्क्रमित
प्रकाशित मिति : २०८१ भाद्र ५ गते

– बबिलाल तामाङ
चितवन । जिल्लामा डेंगु सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको पाइएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ १ सम्म ४१३ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २९१ जना चितवनकै बिरामी हुन् भने १२२ जना बाहिरी जिल्लाका बिरामी छन् ।

चितवनमा साउन १ देखि भदौ १ सम्म कुल एक हजार ५९१ जनाको डेंगु परीक्षण गरिएकोमा ४१३ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत चौबिसघन्टामा थप २४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमा भरतपुर महानगरमा चार, माडी नगरपालिकामा एक, रत्ननगरमा आठ र इच्छाकामनाका चार जना रहेका छन् । अन्य जिल्लाबाट परीक्षण गराएका सात जना छन् ।

- ADVERTISEMENT -

Advertisement

जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिकामा हालसम्म ४८ जनामा डेंगु देखिएको छ । जसमा १८ पुरूष र ३० महिला रहेका छन् । यस्तै, खैरहनीमा छ पुरूष र चार महिला गरी १० जना, रत्ननगरमा २५ पुरूष र १८ महिला गरी ४३, राप्ती र माडीमा एक÷एक महिला, कालिकामा दुई पुरूष र चार महिला गरी छ, इच्छाकामनामा ७९ पुरूष र १०३ महिला गरी १८२ जनामा डेंगुको सङ्क्रमण भएको छ । यस्तै, अन्य जिल्लाका ५७ पुरूष र ६५ महिला गरी १२२ जना रहेका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाभित्र डेंगुको सङ्क्रमण फैलिएको थियो । वर्षभरिमा भरतपुरमा ६६४, रत्ननगरमा २३१, खैरहनीमा १७८, राप्तीमा ७७, इच्छाकामनामा ५४, माडीमा २९ र कालिकामा २६ जना गरी एक हजार ७७१ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको थियो । गत आर्थिक वर्षमा २३ हजार ५७१ जनामा डेंगुको परीक्षण गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चितवनका सबै पालिकासँग समन्वय गरेर यसवर्ष पनि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीका अनुसार गत असारदेखि नै जिल्लाका विभिन्न पालिकाहरुमा यो अभियान चलाउन सुरू गरिएको हो ।

रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलका अनुसार यसवर्ष डेंगुको सङ्क्रमण तीव्ररुपमा बढ्न थालेको छ । डेंगु फैलिन नदिन रत्ननगरका सबै वडामा डेंगु खोज र नष्ट गर अभियान तीवरुपमा सञ्चालन भइरहेको र सङ्क्रमण अझै बढ्न सक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने उनले बताए ।

जनस्वास्थ्य अधिकृत पौडेलका अनुसार यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

डेंगु ज्वरो नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो ।

उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंगु पुष्टि भएको थियो ।

त्यसपछि सन २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो ।

योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेंगु सङ्क्रमण देखिएको थियो ।

जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा २०८० साउनदेखि २०८१ असारसम्म कुल २३ हजार आठ सय ४० जनाको परीक्षण गरिएकोमा एक हजार आठ सय ३१ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46