September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अभिनेता कार्कीलाई मातृशोक

August 23, 2024

काठमाडौं / अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको हो ।

अभिनेता कार्कीका अनुसार ४ दिनदेखि भेन्टिलेटरमा राखेर उनकी आमाको उपचार गरिँदै आएको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।

- ADVERTISEMENT -

Advertisement

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए ।