March 15, 2025
- ADVERTISEMENT -

मर्स्याङ्दीमा बस खस्दा १४ को मृत्यु, १६ जना घाइते

August 23, 2024
File photo.

दमौली / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐनापहरामा भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । १६ जना घाइतेको उद्धारपछि अस्पताल पठाइएको सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक थिए । तर कति यात्रु सवार थिए भन्ने विषय एकीन भइसकेको छैन ।

- ADVERTISEMENT -