काठमाडौं / नेकपा एकीकृत समाजवादी पदाधिकारी निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ ।
महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् भने उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् ।
यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए ।
खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।
सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे भने मंगलबार नै सर्वसहमत चुनिएका हुन् ।