काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको परिष्ठ नेतामा तीन जना मनोनित भएका छन् ।
मनोनित हुने नेताहरुमा क्रमशः बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेत रहेका छन् ।
- ADVERTISEMENT -
उनीहरुलाई बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरेको हो । उनीहरु तीनै जनाले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका थिए । तर, १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि भने निर्वाचन भएको थियो ।
यसैबीच बैठकले पार्टीका आगामी कार्यक्रम बनाउने जिम्मा पार्टी शीर्ष नेता (स्थायी कमिटी) लाई दिएको छ ।