March 15, 2025
- ADVERTISEMENT -

वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगी गर्ने तीन पक्राउ

August 30, 2024
sketch

काठमाडौं / वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शशीलाई काठमाडौं सितापाइलाबाट, रोशनीलाई काठमाडौं सरकारी धाराबाट र गणेशलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये शशीले १ जना पीडितबाट ३ लाख ६५ हजार रूपैयाँ, रोशनीले १ जना पीडितबाट १ लाख २ हजार रूपैयाँ र गणेशले १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको परेको थियो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

- ADVERTISEMENT -