March 15, 2025
- ADVERTISEMENT -

प्रकाश तामाङले प्रधानमन्त्री ओलीलाई भेटे, ‘अब सहज हुन्छ’

September 3, 2024

काठमाडौं / ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भोजपुरबाट नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।

भेटपछि प्रधानमन्त्री ओलीले नागरिकता बनेपछि प्रकाशलाई सहज हुने बताएका छन् । ‘प्रकाश तामाङ नागरिकता बनाएर आज (सोमबार) साँझ भेट्न आउनु भयो,’ उनले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ । खुसी लाग्यो । शुभ रात्रि’

‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि प्रकाश चर्चामा आएका हुन् ।

- ADVERTISEMENT -