मकवानपुर / नेपाली हिन्दु नारीको हरितालिका (तीज) आज (बिहीबार) बाट सुरु भएको छ । आज भाद्र शुक्ल द्वित्तिया तिथी अर्थात तीजको दर खाने दिन ।
भोलि (शुक्रबार) तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर सम्म जागराम बसी दर खाने प्रचलन रहेको छ ।
- ADVERTISEMENT -
तीजको दिन महिलाहरु दिनैभरी ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा–मिठा परिकार खाने प्रचलन छ ।
टाढा–टाढा रहेका चेलीहरु आज माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउँ, दही, दुध लगायतका मिठा परिकार खाने प्रचलन धेरै अघिदेखि चलेको हो ।
तीजको समयमा पुरुषले दर बनाएर आफ्ना चेलीबेटी वा जीवनसंगीनीलाई खुवाउनुपर्छ भन्ने विश्वास छ । नेपाली समाजमा दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ ।
धार्मिक ग्रन्थका अनुसार हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार महिलाहरुले तीजमा ब्रत बस्ने गर्छन् ।