चितवन / भरतपुर महानगरपालिका–११ नवजागृती सामुदायिक वनमा आइतबार एक पुरुषको शव फेला परेको छ । उक्त शव कालिका नगरपालिका–५ अजम्बरी टोल बस्ने वर्ष ५५ को बाबुराम परियारको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकका छोराले शवको सनाखत गरेको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए । जंगली जनावरको आक्रमणबाट बाबुरामको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
- ADVERTISEMENT -
बाबुरामले जंगलमा गएर निउरो, च्याउ टिप्ने र विक्री गर्ने गर्थे । मादक पदार्थ सेवन गरिरहने उनी भदौ २२ गतेदेखि सम्पर्कविहिन भएका थिए ।