निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सरकारी कर्मचारी पढेलेखेका गुण्डा हुन् – निर्माण व्यवसायी

प्रकाशित मिति : २०८१ भाद्र २५ गते
- ADVERTISEMENT -

काठमाडौं / निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएको आरोप लगाएका छन् ।मंगलवार बागमती प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा बोल्दै निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी निलो पाइन्ट र सेतो टिसर्ट लगाउने पढेलेखेका गुण्डा भएको आरोप लगाएका हुन् ।

निर्माण व्यवसायीहरुको असली दुश्मन सरकार भन्दा पनि कर्मचारी भएको उल्लेख गरे । उनीहरुले निजामती कर्मचारीहरुले अघिल्लो पुस्ताका निर्माण व्यवसायीहरुलाई पनि दुःख दिएको र अहिले पनि सुधार नभएको दाबी गरे ।

- ADVERTISEMENT -

Advertisement

कतिपय व्यवसायीहरुले भने निर्माण व्यवसायीहरुका भुक्तानी,म्याद थप,सार्वजनिक खरिद नियमवाली लगायतका विषयमा एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी निकोलश पाण्डेले निर्माण व्यवसायीहरुको असली दुश्मन भनेको नेपाल सरकारका निजामति कर्मचारी भएको आरोप लगाए । उनले सरकारी कर्मचारीहरु भनेको निलो पाइन्ट र सेतो टिसर्ट लगाउने पढेलेखेका गुण्डा भएको गम्भिर आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

उनले सरकारी कर्मचारीहरुले विगतमा र आजको दिनसम्म पनि दुःख दिइरहेको भन्दै सुधारको लागि निर्माण व्यवसायीहरु एक जुट हुन आवश्यक रहेको औंल्याए । उनले निर्माण व्यवसायीहरुले आयोजनाहरुमा ठेक्का हाल्न,ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्दा, हस्ताक्षर भएपछि काम शुरु गर्दा, विल बनाउँदा र आयोजनाहरुको म्याद थप गर्न समेत पैसा घुस दिनुपर्ने अवस्था रहेको बताए । उनले यसरी कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई घरखेत विहीन बनाएकाले निर्माण व्यवसायीहरु पनि पलायन भइसकेको दाबी गरे ।

उनले भने,‘निर्माण व्यवसायीहरुको असली दुशमन भनेको नेपाल सरकारका निजामति कर्मचारीहरु हुन । यीनीहरु भनेको निलो पाइन्ट र सेतो टिसट लगाउने पढेलेखेका गुण्डा हुन् । यिनीहरुले हाम्रो बुबाहरुलाई पनि दुःख दिए । आजको दिनसम्म पनि दुःख दिइरहेका छन् । निर्माण व्यवसायीहरुले आयोजनाहरुमा ठेक्का हाल्न पैसा दिनुपर्छ । ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्न पैसा दिनुपर्छ । हस्ताक्षर भएपछि काम शुरु गर्दा पैसा दिनुपर्छ । बिल बनाउन समेत पैसा दिनुपर्छ । आयोजनाहरुको म्याद थप गर्न समेत पैसा लिन्छन् । यसरी कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई घर खेती विहीन बनाएको छ । पछिल्लो समय साना र सम्झौता मात्रै होइन ठूला निर्माण व्यवसायीहरु पनि पलायन भइसकेका छैन । कालिका तहका निर्माण व्यवसायी पनि पलायन भएका छन् । उहाँहरुसँग कसरी जुध्ने हो । निर्माण व्यवसायीहरुले त्यो कुरा सोच्नुपर्छ जस्तो लाग्छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुमा समस्या समाधान गर्नको लागि राजनीतिक पहुँच र आस्थालाई शक्तिको रुपमा एकिकृत भएर पूर्वाधारमैत्री ऐन कानून एक जुट हुनु पर्ने आवश्यकता रहेको बताए । उनले नेपालको पहिलो पटक नेपाल राष्ट्र बैंकले छुट्टै बुँदामा राखेर मौद्रिक नीति ल्याए तर पनि कार्यान्वयन नभएको गुनासो आईरहेकाले सहजिकरणको लागि महासंघ लागि रहेको बताए ।

उनले निर्माण व्यवसायी महासंघको पहलमा बैंकिङ कुसरका सम्बन्धमा सतप्रतिशत जरिवानालाई ५ प्रतिशतमा ल्याउन सफल भएको बताए ।

उनले भने,‘निर्माण व्यवसायीहरुमा समस्या समाधान गर्नको लागि राजनीतिक पहुँच र आस्थालाई शक्तिको रुपमा एकीकृत भएर पूर्वाधार मैत्री ऐन कानून एक जुट हुनु पर्ने आवश्यकता छ । नेपालको पहिलो पटक नेपाल राष्ट्र बैंकले छुट्टै बुँदामा राखेर मौद्रिक नीति ल्याएको छ । तर कार्यान्वयन नभएको गुनासो आइरहेको छ । बैंकिङ कुसरका सम्बन्धमा सतप्रतिशत जरिवानालाई ५ प्रतिशतमा ल्याउन सफल भएका छौ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष एडि लामाले राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था कार्यान्वयनमा समस्या भएको बताए । उनले बैंकको कार्यविधिमा मौद्रिक नीति जारी भएको मितिबाट मंसिरसम्म मात्रै भनिएको भन्दै त्यसले चेक अनादरका विषयमा व्यवसायीहरुको समस्या समाधान नहुने बताए ।

उनले सरकारले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको वर्षौं भएको भन्दै सरकारले व्यवसायीहरुको आँखा छल्ने गरी नीति ल्याएको बताए । उनले व्यवसायीहरुका समस्या समाधानको लागि व्यवसायीहरु एक हुन जरुरी रहेको बताए ।

महासंघका महासचिव रोशन दाहालले अहिले इतिहासकै गम्भिर मोडमा निर्माण व्यवसाय पुगेको बताए । निर्माण व्यवसायीसँग सम्बन्धित अहिले भएका नियमावली र ऐनहरुलाई राज्यका निकायहरुबाट खोजिर व्यवसायी माथि प्रहार भइरहेको उनले बताए ।

सरकारले व्यवसायीहरु माथि दुःख दिएपनि ठेक्कामा बिलो हाल्ने प्रथामा व्यवसायीहरु डटेर लागिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय पुराना निर्माण व्यवसायीहरु पलायन भइरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58