March 15, 2025
- ADVERTISEMENT -

सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाउँदै

September 16, 2024

काठमाडौं / सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ । अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ ।

- ADVERTISEMENT -