काठमाडौं / नेपालीहरुको महान चाड बडादशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा परेको छ ।
बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो ।
समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ ।
असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ । यस्तै २६ गते विहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ ।