चितवन / नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं चितवनको अध्यक्ष पदमा रुक्सान गुरुङ निर्वाचित भएको छ । महाबौद्ध गुम्बा तीन खोलेमा शनिबार सम्पन्न तमु विद्यार्थीको बाह्रौं जिल्ला अधिवेशनले अध्यक्ष रुक्सन गुरुङसहित २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्ष पदमा डोल्मा गुरुङ, उपाध्यक्षद्वय पदमा विशु गुरुङ र अनिल गुरुङ, सचिव पदमा आयुष गुरुङ, सह–सचिव पदमा टिका गुरुङ, कोषाध्यक्ष पदमा अस्मि गुरुङ, प्रचार सचिव पदमा विद्या गुरुङ र सह–कोषाध्यक्ष पदमा सिर्जना गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा सुस्मिता गुरुङ, खुशी गुरुङ, ममता गुरुङ, अंकित गुरुङ, जेनीषा गुरुङ, उत्तम गुरुङ, श्रुती गुरुङ, रूपेश गुरुङ, मनिराज गुरुङ, अमृता गुरुङ, विवस गुरुङ, सौगात गुरुङ, विर्ख बहादुर गुरुङ, विराज गुरुङ, सृजना गुरुङ, समिर गुरुङ, शुभाष गुरुङ र अस्विन गुरुङ चयन भएका छन् ।
यस्तैगरी विभागतर्फ एलिसा गुरुङ (सांस्कृतिक), अभिशेक गुरुङ (संगठन), आकृति गुरुङ (महिला), श्री कुमार गुरुङ (खेलकुद) छानिएका छन् ।
तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद्) का केन्द्रीय सचिव सन्तलाल गुरुङ कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका थिए । प्रमुख अतिथि गुरुङले दियो प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका हुन् ।
कार्यक्रम नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं चितवनका अध्यक्ष सुमित गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । चितवनको तमु (गुरुङ) विद्यार्थीको संगठनले हरेक दुई वर्षमा अधिवेशन गर्दै आएको छ ।