काठमाडौं / मुग्लिन–कुरिनटार सडकखण्ड इच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरमा आज (शुक्रबार) बिहान पहिरो गएको छ । उक्त घोप्टेभिरमा खसेको पहिरो पहिरो चालक र सहचालकहरु मिलेर आफैंले पन्छाएका छन् ।
ढुंगा–माटोसहित सानो पहिरो खसेपछि एकतर्फी बाटो अवरुद्ध भएको छ । सो ठाउँमा खसेका ढुंगा ट्रक चालक र सहचालकहरु मिलेर पन्छाएका हुन् ।
घोप्टेभिर क्षेत्रमा बेलाबेलामा पहिरो गइरहन्छ । तर त्यहाँ पहिरो पन्छाउने मेसिन आइनपुग्दै चालक–सहचालकहरुले आफैं पहिरो पन्छाएका हुन् ।
प्रत्यक्षदर्शी खिलानाथ दाहालका अनुसार पहिरो पन्छाउनेहरु भारतीय नम्बर प्लेटको ट्रकका चालक–सहचालक हुन् ।
बुलेट र ट्रक ठ्याक्कै पहिरो गएको ठाउँनेर पुगेपछि बाटो क्रस गर्न नमिलेपछि ट्रकका चालक सहचालकहरु मिलेर पहिरो पन्छाएको उनले बताए ।