March 15, 2025
- ADVERTISEMENT -

मकवानपुरमा बाढीले बगायो प्रहरी चौकीसहित ३० घर

September 28, 2024
file photo.

मकवानपुर / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरी बजारको ३० घर बाढीले बगाएको छ ।

अविरल वर्षाका कारण आएको विभिन्न खहरे खोला र कुलेखानी ड्यामको ढोका खोल्दा निस्किएको पानी मिसिएर बाढी आउँदा प्रहरी चौकीसहित ३० घर बगाएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ ।

यस्तै, उक्त बाढी पस्दा इन्द्रसरोवर गाउँपालिका–२, खानीखेतस्थित २८ घर डुबानमा परेको छ ।

बिहीबारबाट परेको अविरल वर्षाका कारण कुलेखानी जलाशय शनिबार बिहान भरिएको थियो । ड्यामको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका दुई वटा ढोका खोल्नु परेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उक्त डुबान र बाढीमा परेर मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीयहरुलाई सुरक्षित स्थानमा राखिएको छ । बाढी र डुबानका कारण भएको जनधनको क्षतिबारे भने हाल विवरण खुल्न नसकेको जनाइएको छ ।

- ADVERTISEMENT -