काठमाडौं / फिल्म बेहुली फ्रम मेघौली हलबाट उतार्ने निर्माता एवं अभिनेता निश्चल बस्नेतले घोषणा गरेका छन् । उनले आज (बिहीबार) देखि आफ्नो फिल्म कुनै पनि हलमा नरहने जानकारी दिएका हुन् ।
‘आजदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नचलाउने निर्णय गरेका छौं, निश्चलले फेसबुकमा लेखेका छन् ।
चाँडै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा रिलिज गरिने पनि उनले जानकारी दिएका छन् । निश्चलले नेपाली फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको भए पनि हलले शो घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है । म चाहिँ हलको विकल्पतिर लागें, बस्नेतले सोमबार सामाजिक सञ्जालमा लेखेका थिए ।
बेहुली फ्रम मेघौली घटस्थापनाको अवसर परेर असोज १७ गते रिलिज भएको थियो । निश्चल र स्वस्तिमा खड्काको लगानी रहेको यो फिल्मको शीर्ष भूमिकामा उनीहरूकै मुख्य अभिनय छ ।