मकवानपुर / बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक आज (शुक्रबार) देखि तीन दिन बन्द हुने भएको छ ।
हेटौंडा हुँदै काठमाडौं जाने कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द गर्न लागेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्वर २, सिमखोलास्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भई रहेको हुनाले उक्त मर्मत कार्य ३ दिन लाग्ने भएकोले दुबै बाटो बन्द गर्न लागेको हो ।
उनले सो बाटो हुँदै संचालन हुने सवारीसाधनलाई बैकल्पिक बाटोको रुपमा हेटौंडा–भैंस– पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा–ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न आग्रह गरेका छन् ।