March 15, 2025
- ADVERTISEMENT -

इजरायलद्वारा उत्तरी गाजामा आक्रमण

७३ जनाको मृत्यु, धेरै मानिस घाइते भएको अनुमान
October 20, 2024
File photo.

काठमाडौं / उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले आक्रमण गरेको छ । आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले बताएका छन् ।

बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको अधिकारीहरूले बताएका छन् । शनिबार राति बम विस्फोटबाट भएको आक्रमणमा धेरै मानिसहरु घाइते भएका छन् । अझै पनि धेरै मानिस भग्नावशेषमा फसेका बताइएको छ ।

आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द भएकाले उद्धार कार्यमा पनि बाधा पुगेको बताएका छन् ।

- ADVERTISEMENT -