काठमाडौं / नेकपा (एमाले) को पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्च अदालतलले आदेश दिएको छ ।
एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिक आदेश दिएको हो ।
- ADVERTISEMENT -
सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सो आदेश दिएको हो ।
सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबीच निवेदनमा उल्लेखित दान लिएको भनिएको जग्गामा निर्माण कार्य तत्काल नगर्न भनिएको छ ।
- ADVERTISEMENT -
आदेशमा भनिएको छ, “मिति २०८१ आसोज २५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा दान लिइ हक हस्तान्तरणलगायत काम कारबाही नगर्नु नगराउनु ।”