January 15, 2025
- ADVERTISEMENT -

बंगलादेश पुनः साफ च्याम्पियनसिप

October 31, 2024

काठमाडौं / साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि साविक बिजेता बंगलादेशले उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास रच्ने मौका गुमेको छ।

अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो ।

दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -