काठमाडौं / साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्र्याएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको हो । नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँ पटक हो ।