कात्तिक / भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार हायसमा सवार गोरखा आरुघाट–१ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी एक महिला, दुई पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा बसमा सवार ४ जना र हाइसमा सवार दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।