December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रवि लामिछानेलाई हिरासतमा राख्न १३ दिन थप

November 10, 2024
file photo.

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज (आइतबार) जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने माथि तेस्रो पटक थपिएको म्याद आजै सकिएको थियो । उनलाई आजै अदालत उपस्थित गराइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि अदालतबाट पहिलो पटक ६ र दोस्रो पटक ७ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यही कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई पोखरा लगिएको थियो ।

लामिछाने सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै सुर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सरकार समक्ष कारबाही सिफारिस गरेको थियो । सरकारले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि लामिछाने पक्राउ परेका हुन् ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । सभापति लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ ।

- ADVERTISEMENT -