२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

गैंडाकोटमा ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को शुभारम्भ

लगानी सुरक्षाका लागि तयार छौँ – मुख्यमन्त्री पाण्डे
प्रकाशित मिति : २०८१ कार्तिक २६ गते

नवलपुर / गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त महोत्सवको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री पाण्डेले उद्घाटन पछि बोल्दै व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

व्यवसायीले गरेको लगानीमा कुनै सुरक्षाको खतरा भएमा आफूलाई भन्न आग्रह गर्दै सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्ने उनले प्रतिबद्धता जनाए । लगानीमैत्री कानुन निर्माण गर्न आफूहरु सधैँ तयार रहेको उनको भनाइ थियो ।

निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उनले भने । गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा ऐनकानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको मुख्यमन्त्री पाण्डेले आश्वस्त दिलाए ।

गाउँघरको पैसा उठाएर जिल्ला बाहिर पठाउन महोत्सव हुने गरेको भन्दै उहाँले महोत्सवहरुले उत्पादनको बजारीकरण गर्नुपर्नेमा उनको जोड थियो । प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन त्रिवेणी कोरला नाका सञ्चालन गर्नुपर्ने र त्यसका लागि पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारसँग पहल भइरहेको उनले बताए । भारत र चीनसँग व्यापार गर्ने सबैभन्दा छोटो नाकाको रुपमा त्रिवेणी कोरला नाका भएको भन्दै पूर्वाधार निर्माण र सडक स्तरोन्तीको काम भइरहेको उनले भने ।

महोत्सव उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको भनाइ छ ।

नवलपुरको धौवादी फलाम खानीका लागि प्रत्येक वर्ष बजेट परेपनि योजना अघि बढ्न नसकेको भन्दै उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर यस्तो आयोजनाहरुको काम अगाडि बढाउनुपर्नेमा सुझाव दिए ।

कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले मेलाले स्थानीय उत्पादनलाई प्रवद्धर्न गर्नेमा आफू विश्वस्त रहेको बताए ।

मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय वटा स्टलहरु रहेका नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए । महोत्सवमा ५० वटा स्टलहरु कृषि तथा स्थानीय उत्पादन प्रवद्र्धनका लागि निःशुल्करुपमा उपलब्ध गराइएको भन्दै उहाँले महोत्सवमा एक करोड बढीको कारोबार हुने अपेक्षा गरिएको बताए ।

महोत्सव सुरु हुनुअगाडि गैँडाकोट नगरपालिकाबाट झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा विभिन्न सङ्घसंस्था तथा जातीय समूहबाट सांस्कृतिक झाँकीहरु प्रस्तुतत गरिएको थियो । महोत्सव उद्घाटनका क्रममा निकालिएको झाँकीमा उत्कृष्ट हुने समूहलाई महोत्सव समापनका दिन नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49