January 15, 2025
- ADVERTISEMENT -

बालकुमारी कलेजले मंसिरको पहिलो साता अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

November 15, 2024

चितवन / नारायणगढ क्याम्पाचौरस्थित बालकुमारी कलेजले आगामी मंसिर १ र २ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । “समावेशी र दिगो विकासको लागि रुपान्तरण, नवपरिवर्तन र डिजिटलाइजेसन” विषयमा सौराहामा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको कलेजले बिहीबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रमका संयोजक डा. गुणराज क्षेत्रीले नेपालसहित अष्ट्रेलिया, चीन, भारत, भुटान, बंगलादेश, थाईल्याणका अनुसन्धानकर्ताहरु सहभागी हुने बताए । सम्मेलनमा अनुसन्धानकर्ता, विद्यार्थी सहित एक सय भन्दा बढीको सहभागिता रहने सयोजक क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न देशका ५० भन्दा बढी कार्यपत्र प्रस्तुती र छलफल हुने छ । सन् २०१० मा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको कलेजले १४ वर्षपछि गर्दैछ । कलेजका पूर्व प्राचार्य चुननारायण श्रेष्ठले पत्रकारहरुको सवाललाई जवाफ दिँदै हरेक दुई÷दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजनाका साथ अहिले कार्यक्रम गर्न लागिएको बताए ।

श्रेष्ठले भने “एक वर्ष राष्ट्रिय सम्मेलन र अर्को बर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने गरी योजना बनाएका छौ ।” आफूहरुले आयोजना गरेको सम्मेलनले नीति निर्माणकर्ता, विश्वविद्यालयहरु, अध्ययनरत विद्यार्थी, राष्ट्रिय योजना आयोगलाई आगामी कार्यक्रमहरु बनाउनका लागि सहयोग पुग्ने उनको भनाइ थियो ।

कलेज संञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले यस सम्मेलनले आर्थिक समावेशीकरण, स्रोतको दिगो व्यवस्थापन र प्रबिधि बिकासलाई मानव कल्याण र वातावरणीय सन्तुलनमा केन्द्रीत हुने बताए । प्रविधिको रुपान्तरणले समावेशी विकासमा कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विषयमा विचार विमर्श हुने उनले भने ।

हरित उर्जा समाधान, ग्रामीण र सीमान्तकृत समुदायहरुलाई डिजिटल पहुँचको वृद्धि, शिक्षा, स्वास्थ्य र सार्वजनिक शासनमा रुपान्तरणकारी नीतिहरु लगाएतका विविध विषयहरुमा विचार विमर्श हुने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -