January 15, 2025
- ADVERTISEMENT -

आजदेखि नेपाल–बङ्गलादेश विद्युत् निर्यात औपचारिक शुभारम्भ

November 15, 2024
file photo.

काठमाडौं / नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात आज (शुक्रबार) देखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।

नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट उक्त विद्युत् निर्यात शुभारम्भ गरेका हुन् ।

नेपालले यसअघि भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएको थियो ।

नेपालले ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेको हो । गत असोजमा नेपालबाट भारत हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा ९६।४ अमेरिकी सेन्ट० का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -