January 15, 2025
- ADVERTISEMENT -

पूर्वी चितवनको माधवपुरमा आजदेखि हाट बजारको शुभारम्भ

November 18, 2024
File photo.

चितवन / रत्ननगर वडा नं १५ माधवपुरमा आज (सोमबार) देखि हाट बजार सञ्चालन हुने भएको छ । छहारी टोल निवासी विष्णु लम्सालले आफ्नो व्यक्तिगत जग्गामा माधवपुर हाट हजार सञ्चालन गर्न लागेका हुन् ।

लम्सालका अनुसार प्रत्येक हप्ताको सोमबार र विहीबार हाटबजार सञ्चालन हुनेछ । हाट बजारका आयोजक लम्सालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हाट बजार सञ्चालन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएका थिए ।

रत्ननगर नगरपालिकासँगको सहकार्य र स्थानीयवासीको सहयोगमा लम्सालले आफ्नो व्यक्तिगत सात कठ्ठा क्षेत्रफलमा हाट बजार सञ्चालन गर्न लागेको बताइएको छ । किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको बजारीकरण तथा स्थानीय स्तरको आर्थिक विकासमा योगदान दिने हिसाबले हाट बजार सञ्चालन गर्न लागेको उनले बताए ।

३५ वटा स्टल रहने हाट बजारमा फलफुल, तरकारी, मासु, लत्ताकपडा, फेन्सी, भाडा पसल, मोवाइल, चटपट पसलहरु रहने छन् । हाट बजारको आज रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्दैछन् ।

हाट बजार सञ्चालन गरेर पैसा कमाउन खोजेको होइन लम्सालले भने स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामग्रीको प्रर्वधन र गाउँमा चहलपहल बढाउन खोजेको हुँ गाउँमै क्रेता र विक्रेताको भेट गराउने र सस्तो मुल्यमा सामग्री उपलब्ध गराउने अर्को उद्देश्य रहेको उनको भनाई छ ।

दैनिक उपभोग्य वस्तु खरिद गर्न बजार जान नपरोस भन्ने मान्यताका साथ गाउँमा हाट बजार सञ्चालन गर्न लागिएको भन्दै उनले गाउँमा उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी स्टल प्रदान गरिएको बताए । एउटा व्यापारीबाट एक दिनको प्रति स्टल १०० रुपैया मात्र लिने उनले बताए । हाट बजार स्थलभित्र मदिरा विक्रीमा रोक लगाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -