March 15, 2025
- ADVERTISEMENT -

पृथ्वीराजमार्ग आजदेखि २० दिन बन्द

November 18, 2024
file photo.

तनहुँ / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आज (सोमबार) देखि दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । उक्त सडक आजदेखि २० दिनसम्म साढे चार घण्टा बन्द हुने भएको हो ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन सवारी आवगमन बन्द गर्न लागिएको हो ।

उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

उनका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ ।

यस्तै, राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिनेछ ।

आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने जनाइएको छ ।

- ADVERTISEMENT -