January 15, 2025
- ADVERTISEMENT -

चितवनमा रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी

November 20, 2024
File photo.

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा जाहेरी परेको छ । साहरा चितवन सहकारी ठगी प्रकरणमा एवं पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सहित १० जना विरुद्ध जाहेरी परेको चितवन प्रहरीले जनाएको छ ।

सहकारी संस्थाका बचतकर्ताहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन् । गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार गएको देखिएको छ । गोरखा मिडियाका पूर्व सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् ।

प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । लामिछाने र जोशी विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -