२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

कीर्तिपुरको नगर प्रमुखमा २० जना भिड्दै

प्रकाशित मिति : २०८१ मंसिर ५ गते
File photo.

काठमाडौं / स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नगर प्रमुख (मेयर) पदमा ११ स्वतन्त्रसहित २० जना चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार नगरपालिका प्रमुखमा २० जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् ।

कीर्तिपुर नगरपालिकाका नगर प्रमुखमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -