चितवन / भरतपुर महानगरपालिका–७ मध्यविन्दु टोल बस्ने ५० वर्षीय महाकाली दाहाल ६ दिनदेखि बेपत्ता भएकी छन् ।
उनका श्रीमान कृष्णप्रसाद दाहालका अनुसार मंसिर २ गते दिउँसो घरमा कोहि नभएको बेला घरबाट निस्किएकी दाहाल अहिलेसम्म पनि फर्किएकी छैनन् ।
‘परिवारमा झगडा, असझमदारी केहि थिएन । कुनै समस्या थिएन’, उनले भने, ‘खोजीका लागि प्रहरीमा निवेदन दिएका छौँ ।’ दाहाल दम्पतीका एक छोरा र एक छोरी छन् ।
महाकालीको खोजीका लागि मंसिर ४ गते प्रहरीमा निवेदन पनि दिएको उनका श्रीमान दाहालले बताए । उनका अनुसार श्रीमतीसँग परिवारमा कुनै किसिमको समस्या थिएन । पाँच फिट भन्दा केहिबढी उचाई भएकी महाकालीले रातो कुर्था सुरुवाल लगाएकी छन् ।
श्रीमती महाकालीको खोजीमा सहयोग गरिदिन उनले अनुरोध पनि गरेका छन् । महाकालीलाई देख्ने वा फेला पार्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा ९८४५४१९२६६, ९८६५०४१४८९, ९८४५७३११२३ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।