चितवन / रोयल इन्फिल्डका दुई वटा रंगका मोटरसाइकल देशैभरका सबै बिक्री केन्द्रहरुबाट एकै समयमा सार्वजनिक गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच मार्स ग्रे र डेजर्ट स्टर्म रङका दुई मोटरसाइकल सार्वजनिक गरिएको अल्फा अटोमेटिभका एरिया सेल्स म्यानेजर उत्तम खनालले जानकारी दिए ।
सोही क्रममा चितवनको भरतपुरस्थित सन अटोमोवाइलले पनि दुई रङका ती मोटरसाइकल सार्वजनिक गरेको उनले बताए । रोयल इन्फिल्डका आधिकारिक बिक्रेता अल्फा अटोमेटिभ हो ।
सेल्स म्यानेजर खनालका अनुसार १९५ किलो तौल भएको ३५० सिसी क्षमताको मोटरसाइकल सार्वजनिक गरिएको हो । क्लासिकको सिग्नल सिरिजको नयाँ भेरियन्ट सार्वजनिक गरिएको उनले भने ।
नेपालमा यसको बजार मूल्य पाँच लाख ५५ हजार ६०० रूपैयाँ कायम गरिएको छ । रोयल इन्फिल्डको मोटरसाइकल नेपालको भूगोल र सबै उमेर समूहको लागि सुहाउने गरी निर्माण गरिएको भरतपुरको बिक्रेता सन अटोमोवाइलका सञ्चालक गोविन्द श्रेष्ठले बताए ।
यो कम्पनीले चार लाख ८६ हजारदेखि दश लाख ३९ हजार रूपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल नेपाल भिœयाएको छ । सबैभन्दा कम मूल्य हन्टर ३५० सिसी र सबैभन्दा बढी मूल्य पर्ने हिमालयन ४५० सिसी क्षमताको मोटरसाइकल बजारमा आएको छ ।
यसैबीच, रत्ननगर–१ हरिहर मन्दिरमा रहेको रोयल इन्फिल्डको शोरुममा पनि दुई नयाँ मोटरसाइकल सार्वजनिक गरिएको थियो ।