January 15, 2025
- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

November 29, 2024
photo Sketch

मकवानपुर / करेन्ट लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

करेन्ट लागेर जिल्लाको मनहरी–८, दारिमबासका ३८ वर्षीय मंगल सिङ प्रजाको आज (शुक्रबार) बिहान मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, प्रजा घरबाट मनहरीतर्फ ज्यामि काम गर्न जाने क्रममा घरबाट ५० मिटर पुर्व दिशामा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुइँमा लत्रिएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको अवस्थामा भेटिएका हुन् ।

यस्तै, करेन्ट लागेर स्थानीय ४० वर्षीय इन्द्रमाया मगर घाइते भएकी छन् । मगर घरबाट मनहरीतर्फ जाने क्रममा उक्त लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का लागेर घाइते भएकी हुन् ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, मृतक प्रजा बिहान ४ बजेको समयमा घरबाट निस्किएको बुझिइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै हेटौंडामा घरको दुई तला माथिबाट खसेर बिहीबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१३, पदमपोखरीका ४१ वर्षीय सविन दुलाल रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहीबार दिउँसो ३ बजेको समयमा हेटौंडा–४, नेपालचाृकस्थित युवराज विडारीको घरमा काम गर्ने (जस्ता लगाउने) क्रममा एक्कासी खसेर उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपश्चान उनलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा बिहीबार साँझै मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -