काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।
सरकारी वकिलको कार्यालय पुर्याइएका केही समय अगाडिदेखि उनको बयार सुरु भएको छ । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहने छन् । शुक्रबार बिहानदेखि सुरु भएको बयान सो दिनको अपराह्न ३.३० बजे सकिएको थियो ।
सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो । बयान सकिए उनलाई आज नै पोखरा फर्काइने तयारी छ ।