January 15, 2025
- ADVERTISEMENT -

१९ वर्ष कान्छी श्रीमतीको पूर्व असईद्वारा हत्या

December 1, 2024
File photo.

काठमाडौं / नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई)ले श्रीमतीको हत्या गरेका छन् । कञ्चनपुरमा भीमदत्त नगरपालिका(८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीकाअनुसार विष्टले कान्छी ज्योतीको शनिबार साँझ हत्या गरेको खुलेको छ । जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतीसँग दुई वर्षअघि बिहे गरेका थिए । घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको डीएसपी जोशीले बताए ।

विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए । विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -