January 15, 2025
- ADVERTISEMENT -

रवि लामिछानेलाई बयानका लागि आज चितवन ल्याइने

December 3, 2024
File photo.

चितवन / सहकारी रकम अपचलनको मुद्धामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (मंगलबार) चितवन ल्याइने भएको छ ।

चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्धामा लामिछानेलाई काठमाडौँबाट हवाईमार्फत चितवन ल्याउन लागिएको हो ।

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विमानस्थलमा ओर्लिनेवित्तिकै बयानका लागि सिधै सरकारी वकिलको कार्यालयमा लैजाने प्रहरीको तयारी छ ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -