January 15, 2025
- ADVERTISEMENT -

जाजरकोटमा राति जीप दुर्घटना, दुई जनाको मृत्यु

December 5, 2024

सुर्खेत / जाजरकोटको मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँ नजिकै गए (बुधबार) राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल रहेका छन् ।

मृतक दुबै जना मध्यपहाडी लोकमार्गमा कार्यरत मजदुर रहेको बुझिइएको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जीप सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

सोही दुर्घटनामा परेर लोकमार्गकै मजदुर २२ वर्षका कमल चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -